समाचार

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक, गभर्नर नियुक्तिको सम्भावना

२५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो तीन बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

आज बस्ने बैठकले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्ने सम्भावना छ। 

महाप्रसाद अधिकारी चैत २२ गते पाँच वर्षे कार्यकाल सकेर बिदा भएपछि अहिले राष्ट्र बैङ्क गभर्नरविहीन बनेको छ।