२५ चैत, रुपन्देही । सहकारी ठगी तथा सङ्गठित अपराधको मुद्दामा विभिन्न अदालतबाट धरौटीमा रिहा भएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।
रुपन्देही जिल्लाको प्रहरी हिरासतमा शुक्रबारदेखी रहेका लामिछानेलाई आज कारागार चलान गरिएको हो । पक्राउ परेको दिनदेखि दुई दिन बिदा परेका कारण हिरासतमा रहेका लामिछानेलाई आज कार्यालय खुलेपछि कारागार पठाइएको हो ।
सुप्रीमलगायतका सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीको अनुसन्धानका क्रममा रहेका तत्कालीन गोर्खा मिडियाका अध्यक्ष जीवी राई फरार छन् भने पूर्व डिआइजी छविलाल जोशी, लामिछानेलगायतका व्यक्तिहरूमाथि अदालतको आदेशबमोजिम प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पोखरा, वीरगन्ज, बुटवल, काठमाडौँ , चितवनलगायत विभिन्न स्थानमा सहकारी खोली जनताको पैसा ठगी गरी सङ्गठित अपराध गरेको आरोपमा उनीहरू पक्राउ परि अनुसन्धानको क्रममा रहेका छन् ।