१९ वैशाख ,काठमाडौँ। ओडिसा राज्यको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी केआईआईटीमा मृत्यु भएकी नेपाली विद्यार्थी प्रिसा शाहप्रति भारतीय विदेश मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ।
शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा मन्त्रालयले शाहको परिवारप्रति समवेदना प्रकट गर्दै घटनाबारे ओडिसा राज्य सरकारसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।
१८ वर्षीया शाह वीरगञ्जकी स्थायी बासिन्दा तथा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थी थिइन्।
बिज्ञप्ति :
