आर्थिक

नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घट्यो

८ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

छापावाला सुन बिहीबार २ हजार ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। सुन बिहीबार १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी बुधबार २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । चाँदी बिहीबार भने प्रतितोलामा २ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।