प्रदेश 2

सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

१० साउन, सप्तरी । सप्तरीमा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीको मृत्यु भएको छ ।

रुपनी गाउँपालिका–२ पौवाँमा शनिबार बिहान उनीहरुको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो । स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी श्रीमती ४२ वर्षीया रामकुमारी खंग दुवै जनाको विद्युत्बाट चल्ने सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको प्रहरी निरीक्षक उदयकुमार राईले जनाकारी दिएका छन्।

प्रहरी निरीक्षक राईले आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा पहिला श्रीमानलाई करेन्ट लागेपछि उनलाई छुटाउन जाँदा श्रीमतीलाई समेत करेन्ट लागेको थियो । सोही क्रममा करेन्ट लागेपछि उनीहरूको दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको कार्यालयले जनाएको छ ।