१२ साउन, काठमाडौं । नेपाली बजारमा सोमबार छापावाला सुनको मूल्य स्थिर रहेको छ ।
सोमबार सुन १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । आइतबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी २ हजार २ सय ९५ रुपैयाँका कारोबार भइरहेको महासंघले जनाएको हो । आइतबार भने २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।





