१५ साउन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ।
छापावाला सुन बिहीबारप्रतितोला ८ सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। सुन बुधबार प्रतितोला १ हजार ४ सय रूपैयाँ बढेर
प्रतितोला १ लाख ९४ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । बुधबार चाँदी प्रतितोला २ हजार ३ सय १० रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार २ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





