१६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभएर यसको पोषणीय महत्व रहेको बताएका छन्।
प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । कोदोको उत्पादन बढाउन र परिकारहरु उपभोग गर्न सबैलाई आग्रह गरेका छन् । ग्लाइसेमिक इन्डेक्स कम हुने भएका कारण रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्ने उनको भनाइ थियो ।
सिंचाइबिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवद्र्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका छन् ।





