२१ साउन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको थियो । तर बुधबार भने छापावाला सुन प्रतितोला १ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। बुधबार भने सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रूपैयाँमा कारोबार भएको हो।
मंगलबार सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै ,सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी बुधबार प्रतितोला २ हजार ३ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको हो । चाँदी मंगलबार प्रतितोला २ हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकोछ।





