२३ साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार छापावाला सुनको मूल्यले फेरी नयाँ रेकर्ड कायम गरेको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य शुक्रबार फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत साउन २० गते पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सोही दिन सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोही मूल्य पछिल्लो रेकर्ड भन्दा प्रतितोला ९ सय रूपैयाँले बढी हो। त्यस्तै, बिहीबार भने सुन प्रतितोला १ लाख ९८ हजार ४ सय रूपैयाँमा कारोबार भएको भएको थियो। बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितोला १ हजार रूपैयाँ बढेको हो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। चाँदी शुक्रबार भने प्रतितोला २ हजार ३ सय २५ रूपैयाँमा कारोबार भएको भइरहेको छ। बिहीबार प्रतितोला २ हजार ३ सय १५ रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको हो ।





