२६ साउन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाला सुनप्रति तोला १ हजार १ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुन प्रतितोला १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार भने सुनप्रति तोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि सोमबार १५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदीको मूल्य तोलामा २ हजार ३ सय ३० रुपैयाँका कारोबार थियो ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ३ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको हो ।





