२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका सुरक्षाकर्मीहरूको बयान आज (बिहीबार)देखि सुरु भएको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगले आन्दोलनको क्रममा घटनास्थलमा खटिएका प्रहरी अधिकृत र जवानहरूसँग सोधपुछ प्रक्रिया आरम्भ गरेको हो।
आयोगका अनुसार इन्चार्ज तहका प्रहरीहरूको विवरण प्राप्त भइसकेको र त्यसका आधारमा बयान सुरु गरिएको हो। गत २३ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर २२ जना प्रदर्शनकारीको मृत्यु भएको थियो।
यसअघि बुधबार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेसँग बयान लिएको थियो।





