समाचार

अध्यक्ष दहालको लगानी भन्दै रिसोर्टमा तोडफोड गर्नेपाँच पक्राउ

२१ कात्तिक, काठमाण्डौँ । जेन–जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा तोडफोड र आगजनी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुपक नेपाली, खड्कबहादुर थापा, खुमराज गुरुङ, नवराज खड्का र एलिसा गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नवीन कार्कीका अनुसार उनीहरूलाई आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार रुपक नेपालीले भीडको नेतृत्व गर्दै रिसोर्टमा प्रचण्डको लगानी रहेको भन्दै तोडफोड गराएका थिए। पक्राउ परेकामध्ये एकजनाले होटल व्यवसाय र ट्राभल एजेन्सी पनि सञ्चालन गर्दै आएका छन्।