३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशभर निषेधको राजनीतिबाट बच्न सबैलाई आग्रह गरेका छन्। उनी नेकपा एमालेका नेताहरूलाई बारामा निषेध गरिएको घटनातर्फ इंगित गर्दै बुधबार यस्तो कुरा गरेका हुन्।
महामन्त्री शर्माले सिमरा विमानस्थल घटनालाई जेनेरेशन–जेड (जेनजी) पुस्ताको भावना नभई दुरुपयोग भएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन् कि, “सामाजिक सञ्जालमा निषेधविरुद्ध उभिने जेनजीले कसैको ‘समाज भ्रमण अधिकार’माथि रोक लगाउन सक्दैनन्। त्यसैले सिमरा घटना जेनजीको भावना होइन, यसको दुरुपयोग हो। निषेधको राजनीतिमा कसैले नफँसाओस्।”
साथै, महामन्त्री शर्माले भ्रमणको सुरक्षित वातावरण नबनेसम्म चुनाव असम्भव हुने भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्। उनले सिमरा घटनालाई दुःखद् भएको पनि बताएका छन्।





