समाचार

सिंहदरबार प्रवेश प्रयास गर्दा जेनजीलाई प्रहरीले रोके

९ मंसिर, काठमाडौं । सिंहदरबार प्रवेश गर्न खोजेका जेनजी समूहलाई प्रहरीले रोक्दै त्यहाँबाट हटाएको छ।

मंगलबार जेनजीको एक समूह सिंहदरबार प्रवेश गर्न लाग्दा सुरक्षामा खटिएको प्रहरीले उनीहरुलाई प्रवेश अनुमति नदिइ हटाएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, “निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास भएकाले उनीहरुलाई त्यहाँबाट हटाइएको हो।”