२६ मंसिर, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने भएको छ। महाधिवेशन नजिकिँदै गर्दा बैठकमा प्रतिनिधि मनोनयन, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालन मोडालिटीबारे मुख्य रूपमा छलफल हुनेछ।
स्रोतका अनुसार केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारी संख्या बढाउने प्रस्ताव अघि सारिने तयारी छ। तर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्ष भने विधान संशोधन महाधिवेशनको अघिल्लो निर्णयविपरीत नहुने अडानमा रहेकाले बैठक पेचिलो बन्ने देखिएको छ।
भक्तपुरको सल्लाघारीमा २७ गते सुरु हुने महाधिवेशनबाट एमालेले नयाँ नेतृत्व चयन गर्नेछ।





