आर्थिक

सुनको मूल्यमा भारी गिरावट

१५ पुस, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन सोमबार ६०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य २ लाख ७० हजार कायम भएको थियो।

यस्तै चाँदीको भाउमा पनि गिरावट आएको छ। आज ३०५ रुपैयाँले घटेर एक तोला चाँदीको भाउ ४ हजार ५९० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोही परिमाणको चाँदी ४ हजार ८९५ रुपै‌याँमा कारोबार भएको थियो।