विराटनगर, १७ पुस । सुनसरीको कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ।
स्थानीय ४५ वर्षीय विजय साहको बुधबार राति करिब १:१० बजे पुरी टोलमा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए। मृतक साह सोही वडाका स्थायी बासिन्दा थिए।
साहको मृत्यु भएपछि स्थानीयहरूले शव उठाउन नदिई घटनास्थलमा प्रदर्शन गरिरहेका छन्। प्रहरी र स्थानीयबीच तनाव बढिरहेको छ।
अधिकारिहरूले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।





