आर्थिक

दुई लाख ५९ हजार ६०० कायम हुँदै सुन अनि चाँदीको मूल्य घट्यो

१७ पुस, काठमाडौँ । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मोल चार हजार ४१५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० मा कारोबार भएको थियो ।