१० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी समायोजनपछि ७ जना नयाँ सदस्यलाई केन्द्रीय समितिमा मनोनयन गरेको छ। पार्टी प्रवक्ता मनिष झाले आइतबार बसेको केन्द्रीय समिति बैठकले मनोनयन प्रक्रिया सम्पन्न भएको जानकारी दिए।
मनोनयन भएका सदस्यहरूमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन्।





