२३ पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य तथा १५औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार नैनसिंह महरले कुलमान, जगदीश र बब्लु बिषयमा प्रधानमन्त्रीलाई लक्षित गर्दै प्रश्न गरेका छन्। उनले सामाजिक सञ्जालमा ‘कसरी नागरिक सरकार’ भन्दै वर्तमान सरकारको व्यवहारप्रति आलोचना गरेका हुन्।
प्रधानन्त्री कार्कीले राजनीतिमा लाग्ने मन्त्रीहरु कुलमान घिसिगं, जगदीश खरेल र बब्लु गुप्तालाई संकेत गर्दै नेपाली कांग्रेसका नेता नैनसिंह महरले आक्रोशित हुंदै भने, “निष्पक्ष निर्वाचनका लागि सरकारको तटस्थता आवश्यक हुन्छ। अहिलेको सरकारमा बस्नेहरूको राजनीतिक दलहरूसँगको आबद्धता जनताले देखेकै छन्। सँगसँगै सरकारका केही मन्त्रीहरू काण्डहरूमा संलग्न भएको समाचार पनि पढ्न पाएकै छौँ। अनि सरकारका प्रधानमन्त्रीले यो सरकारलाई कसरी पारदर्शी नागरिक सरकार भन्नुहुन्छ?”
महरले प्रश्न गरेका छन् कि प्रधानमन्त्रीले यो सरकारलाई कस्तो पारदर्शी नागरिक सरकारको रूपमा प्रस्तुत गर्नेछन्। निर्वाचन सफल पार्न सरकारको तत्परता आवश्यक रहेको महरले बताएका छन्।




