आर्थिक

सुनको मूल्यमा आज पनि वृद्धि, चाँदी पनि महँगियो

२७ पुस, काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ । पछिल्ला दुई दिनमा सुनको मूल्य बढ्दा चाँदीको भाउमा पनि बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु दुई लाख ६७ हजार ८००मा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला दुई लाख ७० हजार ६००पुगेको छ । यस अवधिमा सुनको मूल्य प्रतितोला रु दुई हजार ८००ले वृद्धि भएको हो ।

त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ । गत शुक्रबार प्रतितोला चार हजार ७८० मा कारोबार भएको एक तोला चाँदीको मोल आज बढेर रु चार हजार ९९० कायम भएको छ । दुई दिनमा चाँदी प्रतितोला २ १० ले महँगिएको हो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५२४ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।