आर्थिक

सुनले तोड्यो अर्को रेकर्ड, प्रतितोला ३ लाख ३९ हजार नाघ्यो

१५ माघ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै आन्तरिक माग बढ्दा सुनको भाउ ऐतिहासिक उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २० हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो।

यसअघि बुधबार सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढ दिखिँदै ३ लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको थियो। मंगलबार भने छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ९० हजार ८ सय ९५ रुपैयाँ पुगेको छ।

यता चाँदीको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। बुधबार चाँदी प्रतितोला २ सय ५ रुपैयाँले बढेर ७ हजार ५ सय ५ रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा भने चाँदीको भाउ प्रतितोला ४ सय ३० रुपैयाँले बढेर ७ हजार ३ सय रुपैयाँ पुगेको थियो।

सुनचाँदीको मूल्य निरन्तर बढ्दै जाँदा उपभोक्ता र व्यवसायी दुवैमा चासो र चिन्ता बढेको छ।