१९ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेको हो ।
महासंघले सार्वजनिक गरेको विवरणअनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि सोमबार घटेको छ । आइतबार प्रतितोला ५ हजार ५ सय रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





