राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीको नागरिक करारपत्र सार्वजनिक

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न निर्वाचनको तयारीको रूपमा आफ्नो नागरिक करारपत्र सार्वजनिक गरेको छ। पार्टीले यस करारपत्रमा आफ्नो प्राथमिकता, हालको अवस्था र भविष्य लक्ष्य स्पष्ट पारेको छ।

करारपत्रअनुसार, रास्वपा बहुलवादी संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याययुक्त उदार अर्थनीति, सुधारिएको प्रदेश संरचना, समावेशीता, सनातन सभ्यता र धार्मिक–सांस्कृतिक विविधताको संरक्षणमा जोड दिने बताएको छ। यससँगै सन्तुलित परराष्ट्र सम्बन्ध र डायस्पोराको शक्ति उपयोग गरी सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र स्वाभिमान कायम राख्ने प्रतिबद्धता जनाएको छ।

पार्टीले दलीयकरणको अन्त्य गर्ने र २०४६ देखि भएको सम्पत्तिको छानबिनका लागि उच्च आयोग गठन गर्ने योजना पनि करारपत्रमा समेटेको छ।