समाचार

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छः नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का तर्फबाट नवनिर्वाचित शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताएका छन् ।

जनताले ठूलो आशा तथा भरोसाका साथ आफू र रास्वपा पार्टीलाई विजयी गराएकामा धन्यवाद दिँदै उनले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जेनजी पुस्ताले हामीमाथि भरोसा गरेकै कारण यति सफल हुन सकिएको हो ।” खनाल २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् ।