बाग्मती

ओली पक्राउविरुद्ध माइतीघरमा एमालेको प्रदर्शन

१४ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा प्रदर्शनकारीहरू माइतीघरमा जम्मा भएका छन्। दिउँसो ३ बजेदेखि माइतीघर–बबरमहल क्षेत्रमा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका थिए।

प्रदर्शनकारीहरू बबरमहलबाट नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरे, तर प्रहरीले उनीहरूलाई रोक्न खोज्यो। केही समय रोकिएको प्रदर्शन अहिले फेरि माइतीघर क्षेत्रमा केन्द्रित भएको छ।

गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा पनि दमन भएको थियो। त्यतिबेला ओली प्रधानमन्त्री र रमेश लेखक गृहमन्त्री थिए। अहिले उनीहरूको पक्राउपछि एमालेले विरोध स्वरूप सडकमा प्रदर्शन सुरु गरेको हो।

प्रदर्शनस्थलमा प्रहरी परिचालन रहिरहेकाले सुरक्षा स्थिति तनावपूर्ण रहेको बताइएको छ।