१५ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा संयोजक पुष्पकमल दाहाल चयन भएका छन् ।
आज काठमाडौंको पेरिसडाँडामा नव निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले दाहाललाई दलको नेता बनाएको हो ।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सहित १७ सिट जितेको थियो ।
२०७९ सालमा गोरखाबाट विजयी दाहाल यस पटक त्यसलाई छाडेर रुकुम पूर्व पुगेका थिए । माओवादीको जनाधार भएको क्षेत्रमा पुगेर दाहाल सुरक्षित भएका हुन् ।





