२३ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य आज २ हजार ६ सय रुपैयाँ र चाँदीको मूल्य ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको ४ हजार ७८० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको ४ हजार ८३० रुपैयाँ रहेको थियो ।





