समाचार

नातावादविरुद्ध सांसदलाई रबिको कडा चेतावनी : आफन्त नियुक्ति नगर्नु

२७ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई नातावादविरुद्ध कडा चेतावनी दिएका छन् । लामिछानेले सांसदलाई आफन्त र नजिकका व्यक्तिलाई नियुक्ति दिलाउने प्रयास नगर्न कडा निर्देशन दिएका हुन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनले यस्तो आग्रह गरेका हुन्। बैठकमा बोल्दै लामिछानेले पार्टी आजको अवस्थामा पुग्नु युवापुस्ताको संघर्ष र बलिदानको परिणाम भएको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर आचरण गर्न आग्रह गरेका छन्।

‘हामी जेनजी पुस्ताको बलिदानबाट यहाँ आइपुगेका हौँ, त्यसलाई बिर्सनु हुँदैन,’ उनको भनाइ उद्धृत गर्दै एक सांसदले बताए।

बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह पनि सहभागी भए पनि उनले कुनै धारणा राखेनन्।