काठमाडौं । हास्यप्रधान नयाँ कार्यक्रम अब दर्शकहरु माझ आउने भएको छ। यस CLASH OF TOUNGE SHOW कार्यक्रमका होस्टका रूपमा बिशाल गौतम रहेका छन् । शोमा यसपटक कलाकार सजन श्रेष्ठलाई “रोस्ट” गरिएको छ।
कार्यक्रममा रजनेश अर्याल, बबिन कार्की, सुषान्त बस्याल र सतीश कार्कीले साजन श्रेष्ठमाथि रोस्ट प्रस्तुत गरेका छन्। उनीहरूले हास्यात्मक शैलीमा विभिन्न विषय उठाउँदै सजन श्रेष्ठलाई रोस्ट गरिएका छन्।
रोचक पक्ष के छ भने, साजन श्रेष्ठले आफूमाथि गरिएका रोस्टलाई अत्यन्तै सहज र सकारात्मक तरिकाले लिएका छन् र कार्यक्रमको अन्त्यमा उनले पनि सबै कलाकारलाई आफ्नै शैलीमा रोस्ट फर्काउँदै माहोललाई झनै रमाइलो बनाएका छन्।
यो कार्यक्रम यही बिहीबार देखि बेलुका ७ बजे “बिशाल गौतम” नामक युट्युब च्यानलमार्फत प्रसारण हुदैछ। साथै ‘ह्याप्पी क्लब’ मैतीदेवीमा प्रत्येक शुक्रबार साँझ ६ बजे शो प्रत्यक्ष रूपमा गएर हेर्न पनि सकेन छ।
दर्शकहरूले हास्य र मनोरञ्जनले भरिएको यो शो उत्साहका साथ प्रतीक्षा गरिरहेका छन्।





