सूचना प्रविधि

डिस होमको एक्सन स्पोटर्सबाट प्रत्यक्ष प्रसारण

२९ बैसाख, काठमाडौं । केपीएल पत्रकार सम्मेलनकोशी प्राइड लिग (केपीएल) को तेश्रो संकरण डिस होमको एक्सन स्पोटर्सबाट प्रत्यक्ष प्रसारण हुनेभएको छ ।

सोमबार काठमाडौंमाआयोजित एक कार्यक्रममाबीच केपिएलका निर्देशक अफजल हुसेन र डिस मिडिया नेटवर्कका कन्टेन्टहेड डिजिएम सञ्जय राजभण्डारीले प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

 कार्यक्रममा डिस मिडिया नेटवर्कका कन्टेन्ट हेड सञ्जयराजभण्डारीले एक्सन स्पोटर्सबाट राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रसारणहुँदै आएको जानकारी दिए ।

कोशी प्राइड लिगलाई एक्सन स्पोटर्सबाट खेलप्रेमीबीचपुराउन पाउदा निकै खुसी लागेको उनले बताए । त्यस्तै केपिएलकानिर्देशक अफजल हुसेनले लिगलाई थप व्यवसायीक बनाउदै लगिएको बताए । केपीएललाईसफल बनाउन समेत उहाले आग्रह गरे । जेठ ९ गतेदेखि सुरुहुने प्रतियोगितामा सात फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।