५ जेठ, काठमाडौँ । आज सुर्यखबर डट् कम अनलाइन पत्रिकाको १२ औँ स्थापना दिवस रहेको छ ।
१२ औँ स्थापना दिवसका अवसरमा पाठशाला स्कुलमा अन्तरक्रिया कार्यक्रम गरिने सुर्यखबर डट् कमका व्यवस्थापक बसन्ती धामीले बताइन् ।
उनले भनिन्, ‘आज पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तीत्वहरुलाई “Credible Journalism: Today’s Need” विषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाइने कार्यक्रम रहेको छ ।’
उनले समुन्नत नेपाल पब्लिकेशन प्रणालीद्वारा सुर्यखबर डट् कम र समुन्नत नेपाल दुई वटा प्रकाशन रहेका त्यसमा सुर्यखबरले आजबाट १२ औँ वर्षमा टेकेको छ भने समुन्नत नेपाल मासिक म्यागजीन १७ वर्षमा चलिरहेको छ ।’
पब्लिकेशनका अध्यक्ष एवं प्रधान सम्पादक बाबुराम आचार्यले जिम्मेवार पत्रकारिता गर्न उत्साह दिनुभएकोमा सर्वसाधारण, शुभचिन्तक, विज्ञापनदाता, कर्मचारी तथा व्यवस्थापनका सम्पूर्णलाई धन्यवाद दिँदै सुर्यखबर पैसा कमाउने अस्त्र भन्दा जिम्मेवार पत्रकारिता गर्नतिर उन्मुख हुने दाबी गरेका छन् ।
पछिल्लो समयमा डिजिटल मिडियाको प्रभाव बढिरहेका बेला सुर्यखबरले नेपाली पत्रकारितामा लोकतन्त्र प्रति प्रतिबद्ध भई आफ्नो छुट्टै अस्तित्व जोगाउन सफल भएको पाठकहरूको प्रतिक्रिया आएको सम्पादक हेमराज खड्काले दाबी गरे ।






