२३ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले संघीय संसद्को दुवै सदनबाट अन्तिम स्वीकृति पाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयक, २०८३ मंगलबार राष्ट्रिय सभाले पनि बहुमतले पारित गरेसँगै बजेट कार्यान्वयनको संवैधानिक प्रक्रिया अघि बढेको हो।
राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। छलफलपछि उक्त विधेयक बहुमतले पारित भएको हो।
यसअघि प्रतिनिधिसभाले पनि विनियोजन विधेयक अनुमोदन गरिसकेको थियो। दुवै सदनबाट विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेटले संघीय संसद्को पूर्ण स्वीकृति प्राप्त गरेको छ।
बैठकमा अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक, २०८३ पनि राष्ट्रिय सभामा पेश गरेका छन्।





