समाचार

आज यी पाँचा प्रदेशमा भारी वर्षाको सम्भावनाः सतर्क रहनुहोला

१ साउन काठमाडौं । आज मुलुकका विभिन्न पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।

विभागका अनुसार आज विभिन्न पाँच प्रदेशः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।