प्रदेश 2

कोरोनाले लियो बारामा एकैदिन दुईजना पुरुषको ज्यान

१० भदौ, काठमाडौं । कोरोना संक्रमणका कारण बारामा एकैदिन दुई जना पुरुषको मृत्यु भएको छ । ६६ र ४२ वर्षका पुरुषको उपचारका क्रममा गएराति केहि घण्टाको फरकमा मृत्यु भएको पुष्टि भएको छ ।

कलैया उपमहानगरपालीका १ का ६६ वर्षका पुरुष र विश्रामपुर गाउँपालीका १ छतवाका ४२ वर्षका पुरुषको गएराति वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसियुमा उपचारका क्रममा मंगलबारराति मृत्यु भएको हो ।

स्वासप्रस्वासको समस्या आएपछि अस्पताल भर्ना गरिका ६६ वर्षका पुरुषमा उच्चरक्तचाप र थाईराईडको रोगि समेत थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ २ गते अस्पताल भर्ना गरिएका उनमा सोहिदिन कोरोना पुष्टि भएका उनको उपचारका क्रममा गएराति ८ बजेर ५ मिनेटमा मृत्यु भएको थियो ।

यस्तै मृगौला रोगि ४२ वर्षे पुरुषमा उच्च ज्वारो र स्वासप्रस्वासमा समस्या आएपछि वीरगञ्हेल्थकेयर अस्पतालमा ल्याईएका उनमा ९ गते कोरोना पुष्टि भएपछि उपचार भईरहेको थियो । उनको पनि गएराति १० बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।