प्रदेश 2

डेढ वर्षे बालक सहित वीरगञ्जका विभिन्न स्थानमा एकैदिन १ सय वढी कोरोना संक्रमित

१८ भदौ, वीरगञ्ज । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा एकैदिन १ सय वढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बारा, पर्सा र रौतहटमा गरी बुधबार साँझ एक डेढ बर्षे बालक सहित १ सय १० जनामा कोरोना पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा ५ सय ७६ जनाको स्वाब परिक्षण गर्दा पर्साका ६९, बाराका २४ र रौतहटमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । वीरगन्ज महानगरपालिकाका विभिन्न वडामा ४९ जना संक्रमित थपिएका छन् ।

बहुदरमाई नगरपालिकाका ४ र ५ नम्बर वडामा थप पाँच जनामा कोरोना पोजिटिभ देखिएको छ । पर्सागढी नगरपालिका–४ र वडा नम्बर ८ मा ७ जनामा कोरोना पुष्टि भएको छ । पोखरिया नगरपालिका–४ र १० मा थप चार जना संक्रमित भएका छन् ।

बाराको कलैया उपमहानगरपालिकाका विभिन्न वडाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै गरी रौतहटको यमुनामाई गाउँपालिका–३ मा १७ जनामा कोरोना पोजिटिभ देखिएको डा. चौरसियाले जानकारी दिएका छन् ।

पछिल्लो समय नेपालका विभिन्न सजल्लामा समुदाय स्तरमै कोरोना संक्रमण देखिएन थालेको छ । त्यसमाथि पनि वीरगञ्जमा त झनै कोरोनाको भयावह अवस्था बन्दै गाएको छ । त्यहाँ दैनिकजसो संक्रमित हुने र मृत्यु हुनेको संख्यामा तिब्र बृद्धि आएको छ ।