३१ भदौ, धरान । कोरोना संक्रमणका कारण सुनसरी र सप्तरीका दुई जना पुरुषको धरानमा ज्यान गएको छ । खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुषको आज बिहान सवा ६ बजे मृत्यु भएको हो ।
गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका थिए ।
मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै र उच्च रक्तचाप रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
त्यसैगरी, धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको गएराति साढे २ बजे मृत्यु भएको हो । प्रतिष्ठानमा उपचाररत संक्रमितमा २८ गते कोरोना पुष्टि भएको थियो ।
२७ कोरोनाको लक्षण देखिएपछि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालमा पछिल्लो समय कोरोना संक्रमणका कारण ज्यान गुमाउनुको संख्या वढिरहेको छ ।





