पु.समाचार

शहीद दिवसमा कांग्रेसले आज संसद बिघटन बिरुद्ध काठमाडौंमा बिरोध सभा गर्दै

१६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज काठमाडौंमा बिरोध सभा गर्दैछ । संसद बिद्धटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमका बिरुद्ध आन्दोलित भएको कांग्रेसले आज शहीद दिवसको अवसर पारेर काठमाडौंमा बिरोध सभा गर्ने भएको हो ।

शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षार्थ तथा केपी ओली सरकारको असंवैधानिक कदमको विरुद्धमा सभाको आयोजना गरेको नेपाली कांग्रेसले जानकारी दिएको छ ।

आज दिउँसो हुने विरोध सभालाई कांग्रेसका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेतृ पुष्पा भुषाल, गगन थापा, प्रदिप पौडेल, भीमसेनदास प्रधान र काठमाडौं जिल्ला सभापति सबुज बाँनियाँ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

काठमाडौं क्षेत्र नं. ६, क्षेत्रीय समितिले गरेको विरोध सभा रत्नपार्कस्थित शान्तिवाटिकामा दिउँसो १ बजेबाट सुरु हुनेछ । यो क्षेत्र नेता सिटौला निकट भीमसेनदास प्रधानको निर्वाचन क्षेत्र हो ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका कारण प्रतिनिधिसभा विघटनपछि पार्टीले गरेका विरोध सभाहरुमा सहभागी नभएका नेता सिटौलाकै चाहना बमोजिम विरोध सभाको आयोजना गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मँ ओलीको सिफारीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले गरेको संसद बिघटनका बिरुद्ध काग्रेसले बिरोध गर्दै आएको छ ।