पु.समाचार

नेकपाका अधयक्ष दाहाल विरुद्ध अदालतको अपहेलनामा सर्बाेच्चमा मुद्धा दर्ता

१९ माघ, काठमाडौं । पुष्पकमल दाहाल-माधवकुमार नेपाल समुहका अध्यक्ष दाहाल बिरुद्ध अदालतको अपहेलनामा सर्बाेच्चमा मुद्धा दर्ता भएको छ । अधिवक्ता समिर हायुले दर्ता गरेको मुद्धाको पेशी मंगलबारलाई तोकिएको छ ।

बिवाटनगरम उक्त समुहले आयोजना गरेको सभामा दाहालले दिएको अभिव्यक्तिबिरुद्ध सर्बाेच्चमा मुद्धा दर्ता गरेको सर्बाेच्चका प्रेस बिज्ञ किशोर पौडेलले जानकारी दिएका छन् । दाहालले सर्बाेच्चमा मुद्धा परेका कारण आँफु धैयर्तापूर्वक बसेको बताएका थिए ।

यसअधि सर्बाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली, पुर्व सभामुख दमननाथ ढुंगाना र चार पुर्व प्रधानन्यायाधीशलाई अदालतको अपहेलना मुद्धामा आँफै उपस्थित भएर जवाफ दिन आदेश दिएको थियो  ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरीसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले जारी गरेको संसद बिघटनका बिरुद्ध परेका रिटहरुमा सर्बाेच्चको संबैधानीक ईजलासमा सुनुवाई भईरहेको छ । अदालतमा बिचाराधिन मुद्धामा टिप्पणी गरेको भन्दै अधिवक्ता हायुले सर्बाेच्चमा मुद्धा दायर गरेका हुन् ।