पु.समाचार

संवैधानिक परिषद्को सिफारिस फिर्ता गरेकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

१९ माघ, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेकोमा आपत्ति जनाएका छन् ।

आईतबार सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेका हुन् ।

अध्यक्ष तिमल्सिनाले आज पत्रकार सम्मेलन गरी नियुक्ति सिफारिस गर्ने निर्णयमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।

उनले प्रतिनिधिसभा विघटन पूर्व संघीय संसदका मासचिव एवं सुनवाई समितिका सचिवलाई सिफारिसपत्रहरु उपलब्ध भएको प्रक्रियामा रहेको अवस्थामा सिफारिस पत्रहरु नेपालको संविधान र संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ विपरित सभामुख र एकल निर्णयले फिर्ता पठाएकामा गम्भीर आपत्ति प्रकट गरेका छन् ।