पु.समाचार

नेपालमा कोरोना, आज मृतकको संख्या शुन्यः १ सय ५९ संक्रमित, २ सय ६४ निको

१९ माघ, काठमाडौं ।नेपालमा आज कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या शुन्य छ । आज पछिल्लो २४ घण्टामा कोरोनाले कसैको पनि ज्यान लिएन ।  यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार एक सय १८ जना पुगेका छन् । जसमध्ये सक्रिय संक्रमित २४ सय ८९ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथ्यांक अनुसार बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोना संक्रमणले दुई हजार २९ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लोपटक २६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् । हाल क्वारेन्टाइनमा रहनेको संख्या ९७ छ । नेपालमा हालसम्म २० लाख ७५ हजार एक सय ५२ जनाको पिसिआर परीक्षण गरिएको छ ।