२३ माघ, काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सडकबाट तानाशाहहरु सबैलाई जनताले गलहत्याएपछी एउटै चितामा जल्ने चेतावनी दिएका छन् ।
ओली नेतृत्वको सरकारले बिभिन्न संबैधानिक आयोगहरुमा गरेको नियुक्तिलाई लिएर बिरोध जनाउँदै डा.भट्टराईले यस्तो ट्वीट गरेका हुन् ।
लोकन्त्रका खम्बाका रूपमा कल्पना गरिएका संवैधानिक आयोग र अंगहरूमा गैरसंवैधानिक ढंगले तानाशाहहरूद्वारा टीको लगाएकाहरूले बेलैमा सोचून भन्दै यस्तो चेतावनी दिएका हुन् ।
डा.भट्टराईले भोली जनताले सडकबाट तानाशाहहरूलाई गलहत्याए पछि तिमीहरू पनि उनीहरूसंगै एउटै चितामा सती जानेछौ भन्दै चेतावनी दिएका छन् ।
उनको ट्वीटः ळोकतन्त्रका खम्बाका रूपमा कल्पना गरिएका संवैधानिक आयोग र अंगहरूमा गैरसंवैधानिक ढंगले तानाशाहहरूद्वारा टीको लगाइएका महानुभावहरूले बेलैमा सोचून्ः भोलि जनताले सडकबाट तानाशाहहरूलाई गलहत्याए पछि तिमीहरू पनि उनीहरूसंगै एउटै चितामा सती जानेछौ ।






