१७ फागुन, काठमाडौं । नागरिकलाई सडकछाप बनाउने कस्तो नीति, कस्तो सरकार भन्दै आज पनि नागरिक सडकमामा उत्रिएका छन् । सरकारले गरेको गैरन्यायीक सडक बिरुतारको बिरोधमा आजपनि अधिकारकर्मी र पीडितहरुले काठमाडौंको माईतिघर मण्डलामा बिरोध तथा प्रदर्शन गरेका छन् ।

काठमाडौंको बालाजु, बाईपास, कालिमाटी, लगनखेल, गोदावरी लगाएत सडक बिस्तारका क्रममा पीडित भएकाहरु आजको प्रदर्शनमा सहभागी भएको थिए । प्रदर्शनमा सहभागीहरुले गैरन्यायीक सडक विस्तार मुर्दावाद लगाएतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए ।
यस्तै गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।

सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन हुँदै आएको छ ।





