प्रदेश 1

मुख्यमन्त्री राईद्रवारा मन्त्रिपरिषद् विस्तार: माओवादीबाट आएकालाई उपहारमा अर्थमन्त्री

१३ चैत्र, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्नेछन् । उनीहरूको दिउँसो एक बजे शपथग्रहण हुने बताइएको छ ।

पुनर्गठनमा माओवादीबाट एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य टंक आङबुहाङ अर्थमन्त्री हुने भएका छन् । नेकपा विभाजित हुँदा प्रचण्ड नेपाल समूहबाट ओली समूहमा फर्किएकी एमाले सांसद उषाकला राईलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

हाल राज्यमन्त्री रहेका अम्बीरबाबु गुरुङ भौतिक पूर्वाधारमन्त्री र राम राना कृषिमन्त्री हुने भएका छन् ।

त्यस्तै उदयपुरकी कला घले र मोरङका राजकुमार ओझा राज्यमन्त्री नियुक्त हुने भएका छन् । दुवैजना नयाँ अनुहार हुन् । अर्को साता थप मन्त्री बनाइने मुख्यमन्त्रीनिकट स्रोतले जनाएको छ ।