११ वैशाख, काठमाडौं । विश्वभरमा कोरोना भाइरस संक्रमणका कारण एकैदिन १३ हजार बढीले ज्यान गुमाएका छन् । योसँगै शनिबार बिहानसम्ममा विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० लाख ९९ हजार दुई सयबढी छ ।
शनिबार बिहानसम्ममा विश्वभरमा १२ करोड ४० लाख १० हजार भन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।
हालसम्म विश्वमा १४ करोड ६२ लाख १८ हजार आठ सय ६ जनामा कोरोना संक्रमण भएको छ ।
कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म तीन करोड २७ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ५२ लाख ९४ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ८५ हजार ३२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
भारतमा हालसम्म एक करोड ६६ लाख दुई हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड ३८ लाख ६२ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ८९ हजार पाँच सय ४९ जना पुगेको छ।
नेपालमा हालसम्म दुई लाख ९४ हजार ६ सय एक जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७६ हजार सात सय ५५ जना निको भएका छन् । यहाँ कोरोनाबाट तीन हजार एक सय २२ जनाले ज्यान गुमाइसकेका छन् ।





