प्रदेश 2

२० बर्ष कैद सजाय तोकिएका फरार कसूरदार पक्राउ


१७ चैत, पर्सा। पर्सा वीरगञ्ज महानगरपालिका वडा न.२१ पटेलनगर बस्ने वर्ष ४० को रबिन्द्र पटेललाई कुचन साह कानुको गोली हानी हत्या गरेको कर्तव्य ज्यान मुद्दामा सम्मानित पर्सा अदालतको फैसलाले १९ बर्ष ११ महिना २२ दिन कैद तोकीएकोमा हाल सम्म फरार रहेकोमा यस कार्यालयबाट खटिएको फरार कसूरदार पक्राउ टोलीले खोजतलासको क्रममा निजलाई २०७८/१२/१७ गते १०:०० वजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डकबाट पक्राउ गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भैरहेको व्यहोरा सूचित गरिन्छ ।