समाचार

पहिलो नम्बरका एआइजी कुवर बने प्रहरी महानिरीक्षक

१० चैत, काठमाडौ । नेपाल पहरीका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुँवरलाई प्रहरी महानिरिक्षक नियुक्त गरिएको छ ।

सरकारको तल्लो निकायले प्रस्ताव गरेको बमोजिम पहिलो नम्बरमा बढुवा भएका कुवरलाई प्रहरी प्रमुखमा बढुवा गरेको हो ।

गृह मन्त्रालयले प्रमुख बनाउन प्रस्ताव गरेको थियो । सिंहदरबारमा बसेको आजको अपराह्नको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले गरेको प्रस्ताव अनुसार प्रहरी प्रधान बढुवा गरेको छ ।केहिदिन अगाडिमा पाँच डिआइजीहरु एआइजीमा बढुवा भएका थिए ।

यश अघि भएका पालो मिचेका बढुवा बिबादास्पद बनेपछि सरकारले नियमसङत रुपमा पहिलो नम्बरलाई बढुवा गरेको छ ।