पु.समाचार

काठमाडौंका मेयर बालेनद्वारा प्रहरीसँग धर्माशाला सञ्चालनका सुरक्षा माग

२९ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला धर्माशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यलय काठमाडौँसँग सुरक्षा माग गरेको छ ।

आज महानगरले जिल्ला प्रशासन कार्यलयलाई पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यन्वयनको लागि माग गरेका हो ।

माडवाडी सेवा समितिले २१ वर्षदेखि कौडीको भाउमा कब्जा गरेको पशुपति गौशाला धर्मशालाको उक्त जग्गा सम्बन्धी करार पशुपति क्षेत्र विकास कोषले रद्द गर्ने निर्णय गरेको थियो । कोषको उक्त निर्णयविरुद्ध काठमाडौं जिल्ला अदालतमा मारवारी सेवा समितिले मुद्दा दायर गरेको थियो । सो मुद्दामा मारवारी सेवा समितिको दाबी नपुग्ने फैसला भइसकेको छ ।

पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१/०६/०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्‍चालनरव्‍यवस्थापन गर्न मिति २०८१/०२/२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र सञ्‍चालनर व्‍यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ ।’