१४ कात्तिक, जेरुसलेम । इजरायली ऊर्जामन्त्री एली कोहेनले बुधबार इजराइलको सुरक्षा मन्त्रिपरिषद्ले लेबनानको दक्षिणी भूभागमा भइरहेको इजरायली सेनाको स्थल आक्रमणसँग सम्बन्धित युद्धविराम सम्झौताका शर्तहरूबारे छलफल गरिरहेको बताएका छन् ।
“छलफल भइरहेका छन्, मलाई लाग्छ यसलाई अझै केही समय लाग्नेछ”, कोहेनले इजÞरायली सार्वजनिक रेडियोलाई भने ।
इजÞरायलको च्यानल १२ टेलिभिजनका अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मङ्गलबार बेलुका मन्त्रीहरूसँग ६० दिनको युद्धविरामको बदलामा इजÞरायलका मागका बारेमा वार्ता गरेका थिए ।
यसमा इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा लितानी नदीको उत्तरी भागबाट हिजबुल्लाहलाई पछि हटाउने, लेबनानी सेनाको तैनाथी, युद्धविराम कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय हस्तक्षेप प्रणाली र खतरा भएको अवस्थामा इजÞरायलले आफ्नो कारबाहीको स्वतन्त्रता कायम राख्ने गारन्टी समावेश छ ।
“यी गत महिनाहरू र विशेषगरी गत हप्ताहरूमा सेनाले गरेका सबै अभियानलाई धन्यवाद । सम्पूर्ण हिजबुल्लाहलाई समाप्त गर्न र हिजबुल्लाहका दुई हजारभन्दा बढी आतङ्ककारी पूर्वाधारहरू निशाना बनाएपछि इजÞरायल बलियो स्थितिमा आउन सक्छ”, कोहेनले भने ।
इजÞरायली मिडियाका अनुसार संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनका मध्यपूर्वका सल्लाहकार ब्रेट मकगर्क र विशेष दूत एमोस होक्सस्टिन बुधबार क्षेत्रमा आउनुहुनेछ र हिजबुल्लाहसँगको युद्धविरामका लागि शर्तहरूबारे नेतान्याहु र अन्य इजÞरायली अधिकारीहरूसँग छलफल गर्नेछन् ।
लेबनानमा यो युद्ध गत महिनाको अन्त्यतिर शुरू भएको थियो । यो हमासले सन् २०२३ को अक्टोबर ७ मा इजÞरायलमा गरेको आक्रमणको समर्थनमा हिजबुल्लाहले गरेको सीमापारको कम तीव्रता आक्रमणबाट शुरू भएको थियो ।
लेबनानमा यो युद्धमा सेप्टेम्बर २३ यता कम्तीमा एक हजार सात सय ५४ जनाको ज्यान गएको छ । इजÞरायली सेनाले सेप्टेम्बर ३० देखि लेबनान अभियान सुरु गरेयता त्यहाँ ३७ जना सैनिकको ज्यान गएको बताएको छ ।





